स्कुलमा तास खेलिरहेको अवस्थामा प्रधानध्यापकसहित ११ जना समातिए

टुडे संवादाता
१२ भाद्र २०७७, शुक्रबार १४:११

चितवन/प्रहरीले स्कुलभित्र नै तास खेलिरहेको अवस्थामा प्रधानाध्यापक सहित ११ जनालाई नियन्त्रणमा लिएको छ।

चितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेका अवस्था प्रधानाध्यापकसहित ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*