काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो।
सवैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन्। काठमाडौंमा २४ घण्टामा ३५० जनामा संक्रमित पुष्टि भएको छ। राजधानी उपत्यकाका तीन जिल्लामा ४१५ जना संक्रमित थपिएका छन्।
शुक्रबार थपिएको सहित देशभर संक्रमित संख्या ३६ हजार ४५६ पुगेको छ। बितेको २४ घण्टामा १६९ संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म २० हजार २४२ संक्रमित निको भएका छन्।
मन्त्रालयले शुक्रबार थप १२ जनाको मृत्यु भएको जनाएको छ। यो सहित संक्रमणबाट मृत्यु हुने संख्या १९५ पुगेको छ।
सेयर गर्नुहोस्