पहाडबाट निकालिएको शिलाजीतमा के विशेषता हुन्छ ?

हेटौंडा टुडे
१३ भाद्र २०७७, शनिबार ०८:५३

के हो शिलाजीत र कसरी बन्छ ? 

शिलाजीत मध्यएशियाका पहाडमा पाइन्छ । पाकिस्तानमा यो प्रायःजसो गिलगित–बालटिस्तानका पहाडहरुबाट निकालिन्छ । करीमुद्दीन शिलाजीत पहाडका गुफाहरुमा वर्षौंदेखि रहेको धातु र रुखको मिश्रण मिलेर बन्ने बताउँछन् । जसलाई एक निश्चित समयपछि निकालिन्छ ।

तर शिलाजीत खोज्ने कामलाई सहज मानिँदैन । गगनचुम्बी पहाडका खतरनाक र अप्ठ्यारो बाटो भएर करीमुद्दीनका कारीगर शिलाजीत खोज्न सूर्य उदाउनुभन्दा अगावै पहाडतर्फ निस्किसकेका हुनछन् । शिलाजीतको खोजीमा कयौं दिनहरु वित्ने गर्दछन् ।

शिलाजीतलाई आफ्नो अन्तिम चरणसम्म पुग्नका लागि दुई वटा महत्वपूर्ण चरणहरु पार गर्नुपर्दछ ।

१. गगनचुम्बी पहाडका टाकुरामा त्यसको खोज

२. शिलाजीतलाई सफा अर्थात फिल्टर गर्ने काम

शिलाजीतको खोज 
पहाडका टाकुरामा गएर जसरी शिलाजीत निकालिन्छ, यदि त्यो दृश्य सबैले हेर्ने आँट गर्न सक्दैनन् । हुंजा घाटीमा पहाडबाट शिलाजीत खोज्न र निकाल्नका लागि अनुभवी मानिसहरु हुन्छन् । जो त्यस क्षेत्रका हरेक कुना कन्दराका बारेमा जानकार हुन्छन् । १५ वर्षदेखि शिलाजीत निकाल्दै आएका गाजी करीम भन्छन्, “शिलाजीतका लागि हामीलाई केही घण्टाको यात्रादेखि कयौं दिन लामो यात्रा तय गर्नुपर्दछ ।” त्यसरी पहाडबाट निकालिएको कच्चा पदार्थलाई व्यापारीलाई बेच्ने र उनीहरुले त्यसलाई सफा गरेर बिक्री गर्ने गरेको करीमको भनाइ छ ।

शिलाजीतको खोजीमा निस्किने मानिसहरु प्रायःजसो चारदेखि पाँचजनाको समूह बनाएर पहाडमा जान्छन् ।

जसमा एउटाको काम चिया र खाना पकाउने हुन्छ । बाँकीले चाकुरामा डोरीलाई बलियो गरी बाँध्ने र समात्ने काम गर्दछन् । र एक व्यक्ति शिलाजीत पाउने सम्भावना रहेको गुफाभित्र जान्छ ।

गाजी भन्छन्, “दूरबिनबाट गुफाहरु हेर्ने भएकाले पनि हामीले शिलाजीत सजिलै देख्न सक्छौं । शिलाजीत रहेको स्थान नजिक जाँदा एक् विशेष प्रकारको गन्धबाट पनि हामी थाहा पाउन सक्छौं ।शिलाजीत रहेको स्थान नजिक जाँदा एक् विशेष प्रकारको गन्धबाट पनि हामी थाहा पाउन सक्छौं ।”

शिलाजीत फिल्टर गर्ने प्रक्रिया

पहाडबाट निकालिएको शिलाजीत (जुन ढुंगामा विशेष घोलका रुपमा रहेको हुन्छ) लाई सफाई र फिल्टर गर्ने व्यापारीलाई बेचिन्छ । करीमुद्दीन १९८० बाट यो काम गर्दै आएका छन् । उनका अनुसार फिल्टर प्रक्रियामा पहाडबाट ल्याइएका ढुंगालाई ससाना टुक्रा पारिन्छ । ति टुक्राहरुलाई ठूलो बाल्टिनमा हालेर निश्चत मात्रामा पानी मिलाएर ठूलो पन्युले चलाइन्छ । जसका कारण शिलाजीत पानीमा राम्रोसँग घुल्छ । केही घण्टापछि पानीको सतहबाट फोहोर पदार्थ हटाइन्छ ।

सक्कली र नक्कली शिलाजीतको पहिचान

अधिकांश व्यापारीहरुले शिलाजीतको पहिचान त्यसबाट आउने विशेष गन्धका आधारमा गर्ने गरेको करीमुद्दीन बताउाछन् । तर उनकाअनुसार त्यसरी शिलाजीतको पहिचान हुन सक्दैन ।

“मात्रा बढाउनका लागि मानिसहरु प्रायःजसो शिलाजीत्मा पिठोआदिको प्रयोग गर्दछन् । यदि त्यसमा शिलाजीतको थोरै मात्रा मिलाइदिँदा पनि त्यसबाट त्यस्तै गन्ध आउँछ जस्तो सक्कली शिलाजीतबाट आउँछ,” उनी भन्छन्, “सक्कली र नक्कली शिलाजीत पहिचानका लागि व्यापारीसँग शिलाजीतको मेडिकल टेस्टका बारेमा सोधेर त्यसमा डट प्रकारको खनिज तत्व रहेको बारेमा पुष्टि गर्न सकिन्छ ।”

शिलाजीतको सही प्रयोग 

करीमुद्दीन मानिसहरुमा शिलाजीतका बारेमा धेरै गलत बुझाइ रहेको बताउँछन् ।  शिलाजीतमा रहेका खनिज तत्वले शरीरको कमीलाई पूरा गर्ने बताउँदै उनले भने, “जसका कारण शरीरमा गर्मी बढ्ने भएकले रक्त सञ्चार तीब्र हुन्छ । तर यसले भियग्रासरह काम भने गर्दैन ।”

करीमुद्दीन भन्छन्, “सुकेको चनाको दाना बराबर शिलाजीतलाई तातो दूधसँग मिसाएर पिउन सकिन्छ । ५० वर्षमाथिका मानिसहरुले यसलाई दैनिक रुपमा दुई–तीन महिनासम्म खान सक्छन् । युवा अवस्थाका मानिसहरुले हप्तामा दुई दिनभन्दा बढी शिलाजीतको प्रयोग गर्नुहुँदैन ।”

उनले उच्च रक्तचाप (ब्लड प्रेशर)का विरामीले यसको प्रयोग गर्न नहुने उनको सुझाव छ । उनका अनुसार मुटु रोगीले यसको प्रयोग गर्नुहुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*