भिमफेदिमा निषेधाज्ञा पुर्ण कडाई

हेटौंडा टुडे
१३ भाद्र २०७७, शनिबार १४:०७

हेटौंडा /    भिमफेदिमा निषेधाज्ञा पुर्ण कडाई  गरिएको छ । भिमफेदी गाउँपालिकामा शुक्रबार ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भिमफेदीमा निषेधाज्ञा लाई थप कडाई गरिएको छ ।कोरोना संक्रमण समुदायमा तिब्र रुपमा फैलदै गएपछी भिमफेदिमा निषेधाज्ञा लाई थप कडाई गरिएको ईलाका प्रहरी कार्यालय भिमफेदिका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । बिहान ९ बजे सम्म खाधान्न पसलहरु खुल्ला गर्न दिईएको छ ।सर्वसाधारणको स्वास्थ्य सुरक्षा कै लागि मानिसहरु को आवत जावतमा रोक लगाईएको निरीक्षक श्रेष्ठले बताए ।हेटौंडामा भदौ १६ गते देखि निषेधाज्ञाको स्वरूप   परिवर्तन गर्ने तयारी भैरहदा भिमफेदिमा भने निषेधाज्ञालाई थप कडाई गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*