मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ४ सय ७२ जना, कति जनाले जिते कोरोना ?

टुडे संवादाता
१४ भाद्र २०७७, आईतवार १६:३०

मकवानपुर/मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ४ सय ७२ जनामा २ सय ६७ जना कोरोना मुक्त भएका छन् । जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा पुष्टि भएकामा हालसम्म २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएको बताए ।

यसैगरि उनले पुष्टि र हाल उपचाररत रहनेको संख्या २ सय १ रहेको बताए । जसमा होम आइसोलेसनमा १ सय १८ जना र आइसोलेसनमा ८३ जना गरि २ सय १ जना उपचाररत रहेका छन् ।

उनका अनुसार पुष्टि भएकामा स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा उपचाररत रहनेको संख्या १ सय १८ रहेको छ । जसमा हेटौंडा उपमहानगरपालिकामा १ सय १३ संक्रमित,मकवानपुर गढी गाउँपालिकामा २ जना र बकैया गाउँपालिकामा ३ जना गरि १ सय १८ जना रहेका छन् ।

यसैगरि आइसोलेसनमा उपचाररत रहनेको संख्या ८३ रहेको छ । जसमा हेटौंडाको गौरिटार आइसोलेसनमा ७४ जना,कर्रा आइसोलेसनमा १ जना र मनहरी गाउँपालिकाको आइसोलेसनमा ८ जना गरि ८३ जना उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*