
हेटौडा /हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का जित बहादुर तामाङको उपचारका लागी वडा अध्यक्ष राजन थापाले आर्थिक सहयोग गर्नुभएको छ ।विगत ७ वर्षदेखि दाहिने खुट्टामा हात्तिपाईले रोगका कारण सुन्न्एिर क्यान्सर भएका तामाङको उपचारकालागी अध्यक्ष थापाले शुक्रबार हेटौडा अस्पतालमै पुगेर ब्यत्तिगत रुपमै नगद २० हजार रुपैँया सहयोग गर्नुभएको हो ।
क्यान्सर पिडित तामाङको परिवारमा कोही नभएकाले अध्यक्ष थापाको पहलमा मानव सेवा आश्रममा हेटौडामा पठाईएको थियो ।
पिडित तामाङको हेटौडा अस्पतालमा उपचार हुन नसकेपछी उहाँलाई थप उपचारकालागी अध्यक्ष थापा र मानव सेवा आश्रमको समन्वयमा भरतपुर पठाईएको छ । जन प्रतिनिधिको हैसियतले वढाबासिहरुलाई आफुले सक्दो सहयोग गर्ने अध्यक्ष थापाले बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा नगर कमिटि सचिवालय सदस्य तथा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा , नेकपा नगर कमिटि आर्थिक विभाग प्रमुख सुवोध रिमाल , नेकपा वडा नम्बर ७ कमिटीका सदस्य भानुझतm दंगाल किरण लामिछाने , लगाएतको उपस्थिति रहेको थियो ।

