हेटौंडा/हेटौंडा ५ स्थित सानोपोखरामा सञ्चालित फुड बैंकबाट हालसम्म १सय ६२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ ।
फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गर्ने गरेको छ ।
आज पनि नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले क्लबलाई १५ हजार रुपैया“ बराबरको २६ परिवारलाई सहयोग गरी खाद्यान्न हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिनुभयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्य विष्णु पुडासैनी,क्लबका पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो ।
यस्तेैे भोली हेटौंडा-५ पिप्लेमा रहेको ब्याटमिन्टन टोलीले खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको महतले बताउनुभयो ।
हेटौंडा ५ मा रहेको फुडबैंक ले हालसम्म १६२ जनालाई खाद्यान्न वितरण
सेयर गर्नुहोस्