हेटौंडामा निशुल्क खाना वितरणको पहिलो दिन २ सय जनालाई खाना खुवाइयो

टुडे संवादाता
२४ भाद्र २०७७, बुधबार १९:२९

 हेटौंडा/ हेटौंडामा निशुल्क खाना वितरण कार्यक्रममा आज पहिलो दिन २ सय जनालाई खाना खुवाइएको छ ।कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर आजबाट खाना वितरण कार्यक्रम संचाालन गरिएको हो ।

हेटौंडाको हुप्रचौरमा परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनमा निशुल्क खाना खुवाउने ब्यवस्था गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण लकडाउन, निषेधज्ञा लगाएतको समस्याले मारमा परेका मजदुर वर्गको लागि कार्यक्रम गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए । विहान १० बजेबाट २ बजेसम्म हुप्रचौर परिषरमा खाना खुवाईने ब्यवस्था गरिएको छ ।

कार्यक्रमको जानकारी दिँदै प्रतिष्ठानका सन्तोष गौतमले बुबाको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले दुखमा परेकाहरुको लागि सहयोगमा सधै लागिपरेको बताए । दैनिक काम गरेर जीवन सञ्चालन गर्नेहरु मारमा परेको भन्दै उनले आफ्नो तर्फबाट पनि ति दुखमा परेकाहरुलाई सहयोग होस् भन्ने उदेश्यले कार्यक्रम सुरु गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*