कोरोना संक्रमित पत्रकारलाई कांग्रेस नेता पराजुलीको सहयोग

टुडे संवादाता
२६ भाद्र २०७७, शुक्रबार १६:२२

हेटौंडा/मकवानपुरका कोरोना संक्रमणमा परेका पत्रकारलाई नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले आर्थिक सहयोग उपलब्ध गराएका छन्।

कोरोना पोजेटिभ पश्चात विमा रकमबाट आएको रकम सामाजिक कार्यमा खर्चेका पराजुलीले आज नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाई जनही पाँच हजारको दरले पन्ध्र हजार हस्तान्तरण गरेका छन्, ।

हस्तान्तरण पश्चात नगर सभापति पराजुलीले आफुले कोरोना जोखिमको बेला फ्रन्टलाईनमा रहेर काम गर्नेलाई मानवताको नाताले सहयोग गरेको बताए । यसअघि पराजुलीले जिल्ला प्रहरी कार्यालयलाई संक्रमित प्रहरीहरुको लागि भनि ५० हजार रकम हस्तान्तरण गरेका थिए भने फुड बैंंक सानोपोखरालाई १५ हजार बराबरको सहयोग गरेका थिए ।

रकम प्राप्तपश्चात युनियनका अध्यक्ष कुमार अधिकारीले पराजुलीलाई धन्यवाद दिदैं संक्रमित भएका तिन जना पत्रकारलाई उक्त रकम प्रदान गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*