अक्सिजन अभावका कारण हेटौंडा ११ मा एक महिलाको मृत्यु

टुडे संवादाता
३० भाद्र २०७७, मंगलवार २२:०६

हेटौंडा/अक्सिजन अभावका कारण हेटौंडामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ३५ वर्षिय लक्ष्मि थापा मगरको ज्यान गएको हो ।
दम,सुगर रोगले पिडित मगरलाई उपचारका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित चुरेहिल अस्पताल लगिएको थियो । चुरेहिल अस्पतालले थप उपचारका लागि भरतपुर रिफर गरेको हो । रिफर गरेर एम्बुलेन्समा लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार एम्बुलेन्समा लैजाँदै गर्दा अक्सिजन अभावका कारण बिरामिको बाटोमा मृत्यु भएको बताईएको छ ।
एम्बुलेन्सका चालकले पनि आफ्नो एम्बुलेन्समा पर्याप्त मात्रामा अक्सिजन नभएको जानकारी चुरेहिल अस्पताललाई गराएको बताएका छन्, तर चुरेहिल अस्पतालले जबरजस्ती बिरामिलाई लैजान अनुरोध गरेपछि चालकले लैजान बाध्य भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*