महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालद्वारा बकैया २ मा बाख्रा पाठी वितरण

हेटौंडा टुडे
४ आश्विन २०७७, आईतवार २१:४७

हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ मा शनिवार हिजो बाख्रा पाठी तथा उन्नतजातको बयर बोका वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला सशक्तिकरण  गरिबी निवारण समूह नेपालको आयोजनामा बाख्रा पाठि वितरण कार्यक्रम सम्पन्न भएको हो ।
ब्यवसायीक बाख्रा पालनका लागि प्रति किसान ५ वटाका दरले बाख्राको पाठी उपलब्ध गराएको छ ।
बकैया गाँउपालिका र संयुक्तराष्ट्र संघीय बिकास नियोगको आर्थिक सहयोगमा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गरिबी निवारण समूह नेपालले यहाँका किसानलाई बाख्राको पाठी उपलब्ध गराएको हो ।
पहिलो चरणमा शनिबार हिजो १५ जना किसानलाई प्रति किसान ५ वटाका दरले ७५ वटा पाठी र एउटा बयर जातको बोका बितरण गरिएको महिला सशक्तकरण तथा गरिबी निवारण समूह नेपालको अध्यक्ष ईन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।
विदेशबाट फर्र्कीका युवाहरुलाई स्देशमै स्वरोजगार बनाउन समुहले ३० जना किसानलाई प्रति किसान ५ वटाका दरले बाख्राको पाठी वितरण गर्ने योजना तय गरेको छ ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समुहले उत्प्रेरण जगाएसंग बाख्रा पालन गर्न उत्साहित भएका यहाँका कृषक बाख्रा पालनलाई ब्यवसायिक रुपमा बिस्तार गर्ने सोचमा छन् ।
त्यस क्षेत्रका किसानहरुलाई पशुपालनमा आत्मनिर्भर बनाउदै बाख्रा पालनमा सबै कृषकलाई समेट्न यहाँका जनप्रतिनिधिले बताएका छन् ।
यहाँको कृषकले उत्पादन गरेका बोका पाठालाई बजारमा बिक्रीगर्ने ब्यवस्थाका लागि समेत स्थानीय सरकारले पहल गर्ने बताएको छ । बिदेशबाट आयात भईरहेको खसि बोकालाई स्वदेशी उत्पादनले नै प्रतिस्थापन गर्न सके नेपाली किसानका समस्या समेत समाधान हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*