
काठमाडौं/ बुधवार (आज)पनि नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । मंगलबार पनि ९ सयले बढेको थियो ।
छापावाल सुनको आजको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।
अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१९० रुपैयाँमा कारोबार भइरहेको छ।


सेयर गर्नुहोस्