
काठमाडौं/बिहिवार नेपाली बजारमा सुनको मुल्यमा अलिकतिले गिरावट आएको छ । छापावाल सुनमा बुधबार मात्रै तोलामा ५ सय रुपैयाँ बढेको थियो । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज (बिहीबार) २ सय रुपैयाँले घटेर ९४ हजार ५०० कायम भएको छ । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्यमा पनि घटेको छ । हिजो ९४ हजार २०० मा कारोबार भएको तेजाबी सुन आज ९४००० मा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि चाँदी तोलाको १ हजार १७५ रुपैयाँ कामय भएको छ ।


सेयर गर्नुहोस्