
काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहि समय अधि देखि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
प्रेस संयोजक सापकोटाका अनुसार उक्त छलफलमा दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । भदौ २६ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको छ। त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति बन्न सकेको छैन।
दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि छलफल भएपनि कुनै निचोड भने निस्कन सकेको छैन ।


सेयर गर्नुहोस्