हेटौंडा/नाबालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा मकवानपुरगढीका एक बृद्ध पक्राउ परेका छन् । मकवानपुरगढी ७ सुकौराको पोलदमारकी ११ बर्षीया बालिकालाई यौन दुब्यवहार गरेको अभियोगमा सोही स्थानका ६० बर्षीया रनबहादुर स्याङ्तानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीटोलीले केही दिनअघि स्याङ्तानलाई पक्राउ गरेको मकवानपुरगढी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जानकारी दिइएको छ । घटना माथि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।आजको साझाकुरा दैनिकमा समाचार छ ।
सेयर गर्नुहोस्