
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी क्षेत्रस्थित नेपाल–चीन सीमा क्षेत्र टिपतालाभञ्ज्याङको निरीक्षणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
यही मंसिर ५ गते प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि पार्टीभित्रको विवादका स्थगित गरिएको थियो ।
यसअघि रोकिएको प्रधानमन्त्रीको भ्रमण भोलि सोमवारका लागि तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सत्तारूढ दल नेकपाभित्र पछिल्लो समय देखिएको आन्तरिक किचलोका कारण प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।
‘पार्टीभित्र देखिएको विवाद समाधानका निम्ति प्रधानमन्त्री नै सक्रिय हुनुपर्छ, त्यही कारणले केही दिन काठमाडौं बाहिरका कार्यक्रममा नजाने भनेर उहाँ आफैंले भनेपछि कार्यक्रम स्थगित गरिएको मैले बुझेको छु,’ ओलीनिकट एक नेताले लोकान्तरलाई भनेका थिए ।

