राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा मनोज कटवाल

टुडे संवादाता
१४ मंसिर २०७७, आईतवार १२:३२

काठमाडौं/नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आइतबार कटवाललाई सहायक प्रशिक्षका नियुक्त गरेको जनकारी गराउँदै उनी आजैबाट बन्द प्रशिक्षण जोडिने जानकारी क्यानले दिएको छ । कटवालले यसअघि पनि सहायक प्रशिक्षको रुपमा राष्ट्रिय टिममा काम गरिसकेका छन् ।

जगत टमटाको नेतृत्वमा बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको छ ।मङ्गलबार गरिएको पिसिआर परीक्षणमा कोराना संक्रमण देखिएका कप्तान  ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र युवा ब्याट्म्यान रोहितकुमार पौडेल पनि आजबाट बन्द प्रशिक्षणमा जोडिने क्यानले जानकारी दिएको छ । शुक्रबार गरिएको परिक्षणमा उनीहरुको नतिजा नेगेटिभ आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*