सरकार विरुद्ध काङ्ग्रेसले मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने

हेटौंडा टुडे
२१ मंसिर २०७७, आईतवार १६:४६

मंसिर २१, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेसले प्रर्दशन गर्ने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र गुरुराज घिमिरेको उपस्थितिमा भएको बैठकले केन्द्रीय निर्देशन अनुसार सरकारको जनविरोधी गतिविधिको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको बैठकले मकवानपुरका सबै क्षेत्रबाट नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई प्रर्दशनमा उपस्थित गराउने निर्णय गरेको छ ।
पूर्वी क्षेत्रको प्रर्दशन सानोपोखरा चोक, पश्चिमी क्षेत्रको प्रर्दशन जिल्ला प्रहरी कार्यालय अगाडि, उत्तरी क्षेत्रको प्रर्दशन चौकीटोल र दक्षिणतर्फको प्रर्दशन र्याली फरेष्ट्रीबाट शुरु हुने जनाईएको छ । चारैतिरबाट एकै पटक शुरु हुने र्याली हेटौंडाको बुद्धचोक र सिमाचोकको बिचमा सभामा परिणत हुने बैठकले निर्णय गरेको छ ।
बैठकमा जिल्ला पदाधिकारी, विभाग प्रमुख, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*