हेटौंडा/हेटौंडा भेट्रान्स कप फुटबल खेलको आगामी माघ ६ गतेदेखी हुने भएको छ । हरेक वर्ष हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुँदै आएको उक्त प्रतियोगीताको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखि सुरु हुने भएको हो ।
प्रतियोगिता हेटौंडा–४, लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा हुने भएको क्लबका अध्यक्ष दिपक बज्रचार्यले बताएका छन् ।
उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागीतामा रहेने छ । त्यसको लागि हेटौडा भेट्रान्स ब्लबका सदस्य कबिन साँगामीको संयोजनमा प्रतियोगिता तयारी गरिएको जनाइएको छ ।
हेटौंडा भट्रान्सले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हरेक वर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ ।
छैटौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख १ हजार १ सय ११ रुपँया तथा शिल्ड,दितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपँया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने ब्लबका उपाध्यक्ष नवराज बज्रचार्यले बताए ।
साथै खेलमा उत्कृष्ठ मिडफिलडर, फरवड्, डिफेन्डर, गाृल्किपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरुस्कार प्रदान गरिने छ । प्रत्येक खेलको म्यानअफ द म्याच समेत घोषणा गरिनेछ ।