काठमाडौं /पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् । झापाको मेची नगरपालिका–८, मेची सडकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को३८प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
सेयर गर्नुहोस्