शिवम् सिमेन्टको खानि क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोली अवलोकन गर्न पुगे ।

हेटौंडा टुडे
२०७७ पुष २८, मंगलवार १०:२१ गते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा रहेको शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको कलवनको डाँडोबाट कच्चा पदार्थ ओसार्ने टिपर आवत जावतमा स्थानियले पुसको १९ गते देखि अनिश्चितकालका लागि बन्द घोषण गरको थिए ।

यो सगै पुस २३ गते मकवानपुरको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल , शिवम् सिमेन्टका रामजी प्रसाद चौरासीया,गढी ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा र स्थानियबिच भएको छलफल पश्चात टिपर सँचालनमा गर्ने निर्णय भएको थियो । प्रमुख जिल्ला अधिकारी सहितको टोलि आज २८ पुस गते कलवनको डाँडोमा रहेको शिवम् खानि अवलोकन गर्ने स्थानियलाई बताउनु भए अनुसार  आज स्थलगत अबलोकनको निम्ति निस्कनु भएको हो ।

स्थानियहरुले वर्षैसाल लिखिमरुपमा खानि क्षेत्र ब्यवस्थित गर्न कागज दिइरहदा पनि स्थानियहरुको मागको सम्बोन्धन भएको पाईएको थिएन् । शिवम् सिमेन्ट उद्योगले भने वर्षैसाल स्थानियलाई झुलाउने र आँखामा छारो हाले जस्तो गर्ने गरेको यो अबस्थामा आजको प्रमुख जिल्ला अधिकारीको स्थलगत अबलोकनबाट स्थानियले के राहात पाउलान त्यो भने हेर्न बाकि नै छ ।

स्थानियहरुको मागमा आज सम्म कुनै सुनुवाई नभएकाले जनप्रतिनिधिहरु र प्रसासननै शिवमसगं मिलेमतो ।हेको स्थानियको आरोप छ ।
लामो समयदेखि यस्ता समस्याहरु रहीरहँदा पनि प्रसासनले आफहरुको कुनैपनि समस्यामा कुनैपनि चासो र चिन्ता नदेखाएकाले स्थानियले यस्तो आरोप लागाएका हुन् ।

मुख्यतय मकवानपुरगढी गाउँपालिकाका साविक सुकैरा वडा नम्बर ३,४,५,६ का उच्च भुभागमा रहेका खोचेटार, बुर्जा,कलवन र चपकी लेकमा शिवम सिमेन्टको चुन ढुङ्गा उत्पादन गर्ने खानि छ । यही खानि तल स्थानियको ठुलो बस्ती छ । ढुङ्गा सहजै उद्योगमा जान्छ , तर खानिबाट निश्किएको अनावश्यक माटो र ढुङ्गा तलपट्टी रहेको न्यौपानेटार बस्तीमा पुग्ने गरेको छ ।

खानिबाट निस्केको ओभर बटरले न्यौपाने बस्ती जस्ता थुप्रै बस्तीहरुलाई प्रभावित पारिरहेको छ । माथिबाट झरेका माटो र ढुङ्गा पानिको मुहान,स्थानियको पाखोबारी,खेती योग्य जमिनमा पुग्ने गर्दछ । स्थानिय भन्छन् “हामीलाई टिकीखान देउ,कि बस्ती स्थानान्तरण गरीदेउ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*