बागमती प्रदेशले “वायो सेफ्टी लेभल टु प्लस” प्रयोगशाला स्थापना गर्न सम्झौता

टुडे संवादाता
५ माघ २०७७, सोमबार १८:१६

हेटौंडा/बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि तथा वन विज्ञान विश्व बिद्यालय रामपुर चितवनका बिचमा वायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
रोल
सोमबार मन्त्रालयकी सचिब मतिना जोशी बैद्य र बिश्व बिद्यालयका रजिष्टार प्राध्यापक डाक्टर शारदा थपलियाका विचमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र बिश्व विद्यालयका उपकुलपती प्राध्यापक डाक्टर पुन्य प्रसाद रेग्मीका उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

मन्त्री लामाले दुइवर्ष भित्रमा काम सक्नेगरी समझदारी गरिएको वताउनुभयो । मन्त्रालयबाट डिपीआरको काम सकेर ल्याबको काम सुरु गर्ने बताउनुभयो ।

उपकुलपती रेग्मीले शिक्षामा गरेको लगानी खेर नजाने भन्दै शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसंग आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*