माघ १० बाट भिमफेदी कुलेखानी सडकखण्ड २ महिनाका लागि बन्द

टुडे संवादाता
९ माघ २०७७, शुक्रबार १४:४६

हेटौँडा । माघ १० गतेबाट भिमफेदी कुलेखानी सडकखण्ड २ महिनाका लागिे बन्द हुने भएको छ । हेटौँडा–बाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तर्गतको यो सडकखण्ड २ महिना बन्द हुने भएको हो ।

भिमफेदी देखि देउराली कुलेखानीसम्म सिमेन्ट कंक्रिट गरी ढलान गर्नका लागि बाटो बन्द गरिने भएको हो । सडकखण्डमा माघ १० गते सनिबारबाट चैत्र १० गते सम्म सवारी साधन आवत जावतमा रोक लगाएको छ। बागमती प्रदेश यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत स्तरोन्नति भइरहेको यो सडकखण्ड ढलान कार्य हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*