पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न १६ वर्षपछि पक्राउ

टुडे संवादाता
२६ माघ २०७७, सोमबार १२:२०

काठमाडौं/पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन्

दैलेख जिल्ला अदालतबाट २ वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका क्रममा १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन्। बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि नै फरार भएका थिए ।

माओवादी द्वन्द्वका बेला २०६१ साउन २७ गते पत्रकार थापाको हत्या भएको थियो। उनकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*