अखिल फोर्स मकवानपुरद्वारा बिद्यालय लाई खेलकुद सामाग्री सहयोग

हेटौंडा टुडे
२८ माघ २०७७, बुधबार २१:२३

हेटौडा । नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु को अखिल फोर्स मकवानपुरद्वारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यामिक बिद्यालय लाई पाँच सेट ब्याटमिन्टन र बाह्र वटा कक सहयोग गरेको छ ।
अनेरास्ववियु मकवानपुर का सदस्य आसिस खतिवडा को सभाध्यक्षता तथा अखिल फोर्स मकवानपुर का संयोजक मनिषमान श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल फोर्स मकवानपुर का इन्चार्ज मनिषमान श्रेष्ठ र अखिल फोर्स मकवानपुर का सह संयोजक सेजल श्रेष्ठले संयुक्त रुपमा बिद्यालय का प्रधानाध्यापक निरञ्जन प्रसाद ढकाललाइ हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै अखिल फोर्स मकवानपुर का इन्चार्ज तथा कार्यक्रम का प्रमुख अतिथी मनिषमान श्रेष्ठ ले विद्यार्थी को शैक्षिक गुणस्तर का साथै खेलकुद क्षेत्रमा समेत अगाडि बढाउन मद्दत गर्ने बिश्वास का साथ उक्त सहयोग हस्तान्तरण गरिएको र आगामी दिनमा विद्यालयलाई कुनै पनि सहयोग आवस्यक परेको खण्डमा अखिल फोर्स मकवानपुर आफुले सकेको सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।
बिद्यालय का प्रधानाध्यापक निरञ्जन प्रसाद ढकाल ले आगामी दिनमा पनि यस्ता सहयोग को बिद्यालयले अपेक्षा राखेको बताउदै बिद्यालय लाई प्रधान गरिएको खेलकुद सामाग्री को अधिकतम सदुपयोग गर्दै विद्यार्थी लाई खेल क्षेत्रमा समेत अघि बढ्न प्रेरित गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*