मकवानपुरमा ९ महिनामा ४६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाए

टुडे संवादाता
९ बैशाख २०७८, बिहीबार १७:१०

हेटौंडा/मकवानपुरमा यस आर्थिक वर्षको ९ महिनामा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् ।
यस आर्थिक वर्षको श्रावण देखी चैत्र मसान्त सम्म मकवानपुरमा भएका विभिन्न्न ३ सय ४ वटा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका हुन् ।

श्रावण महिनामा भएको २२ वटा सवारी दुर्घटनामा परी ७ जना ,असोज महिनामा भएको ५१ वटा सवारी दुर्घटनामा परी १३ जना , कात्तिक महिनामा भएको ३४ वटा सवारी दुर्घटनामा परी ३ जना र मंङसिर महिनामा भएको ३४ वटा सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका थिए ।

यस्तै पुस महिनामा भएको २४ वटा सवारी दुर्घटनामा परी ३ जना , माघ महिनामा भएको ३८ वटा सवारी दुर्घटनामा परी ५ जना , फागुन महिनामा भएको ४० वटा सवारी दुर्घटनामा परी ९ जना र चैत्र महिनामा भएको ४८ वटा सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*