हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटना,मोटरसाइकल चालकको मृत्यु

हेटौंडा टुडे
१८ बैशाख २०७८, शनिबार १४:३९

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा जिल्ला महागढिमाई नगरपालिका वडा नम्बर ४ का सन्जय कुमार शुक्ला रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएको बा ८ च २९५३ नम्बरको कारले ठक्करले दिदा मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा चालकको उपचारको क्रममा हेटौंडा(११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको हो भने, मोटरसाइकलको पछाडी सवार नवलपरासीको कावासोती नगरपालिका बस्ने ३३ बर्षीय ज्योति अर्याल सामान्य घाइते भएको उनको पनि चुरोहिल अस्पताल मै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र कार चालक फरार रहेको र खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*