सेना र प्रहरीले आज ल्याएको अक्सिजन एक दिनलाई मात्र पुग्छ– हेटौंडा अस्पताल

टुडे संवादाता
३१ बैशाख २०७८, शुक्रबार १८:४४

हेटौंडा/ हेटौंडा अस्पातलमा आज नेपाली सेना र प्रहरीले ल्याएको अक्सिजनले एक दिनलाई मात्र पुग्ने भएको छ । एकै दिनमा २ सय ४० सिलीण्डर अक्सिजनको अआवस्यक्ता हुने भएकाले सेना र प्रहरीले आज ल्याएको र राती देखि भोली सम्म ल्याउने अक्सिजनले एक दिनलाइ मात्र पुग्ने भदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो ।

नेपाली सेनाले ५० वटा बारा जिल्लाबाट, नुवाकोटबाट नेपाल प्रहरीले ५० वटा, ४० वटा बिभीन्न स्थानबाट र बिराटनगरबाट भोली सम्ममा एक सय वटा अक्सिजन सिलीण्डर ल्याइदै छ । यो सबै सिलीण्डरले एक दिन मात्र पुग्ने प्रसाईले जानकारी दिनुभयो । आज दिउसो अक्सिजनको अभाब भएर बिरामीको ज्याननै खतरामा परेपनि अहिले भने केही राहत मिलेको उहाँले वताउनुभयो ।

हेटौंडा अस्पतामा आइसीयु, भेण्टिलेटर र एचडीयुमा उपचार गराइरहेका संक्रमित र कुरूवा अक्सिजन पाइएला कि नपाइएला भनेर पिरोलिन थालेका छन् । आज सेनाको ट्रकमा अक्सिजन आएपछी केही खुसी भएका संक्रमित र तीनका आफन्तहरु भने फेरी कहिले सकिने हो भन्ने डरले पिरोलिे गरेका छन् । सबैको डर अक्सिजन अभाब भएर बिरामीको मृत्यु होला भन्ने भएपछी अक्सिजनको जोहो गर्न थालेका छन् ।

केही बिरामीका आफन्तले उपचार गर्न अस्पतालमा आउँदा अक्सिजन सिलीण्डर समेत ल्याएका छन् । अक्सिजन अभाबका कारण कोरोना भाइरसस संक्रमणका बिरामीको ज्याननै जोखिममा भएको समयमा आज दिउसो नेपाली सेनाको ट्रकमा अक्सिजन ल्याइएको थियो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएकाले नेपाली सेनाको ट्रकमा आज दिउसो अक्सिजन ल्याएको हो । अक्सिजन अभाबकै कारण अस्पतालमा रहेका ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमितसहितका बिरामीको जीवन जोखिममा परेको थियो ।यो समाचार जनपत्र डटकमबाट साभार गरिएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*