मनहरी ७ रमनटारमा अटो र मोटरसाइकल ठोक्किदा दुई जना गम्भिर घाइते

हेटौंडा टुडे
२१ जेष्ठ २०७८, शुक्रबार २१:०८

हेटौंडा। मनहरी गांउपालिका अन्तर्गत वडा नम्बर ७ रमनटारमा बाटो क्रस गर्दै गरेको अटोलाई मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत रमनटारमा शुक्रबार साँझ सुनाचुरीबाट मनहरी तर्फ आउदै गरेको ना १ ह ९८५६ नम्बरको अटो बाटो क्रस गरिरहेको अवस्थामा मनहरी तर्फ आउदै गरेको प्रदेश -२-०३-०१३ प ७९८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा निवासि ३० बर्षीय राजलाल महरा र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ बर्षीय विरेन्द्र कुमार महरा घाइते भएको र मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुवैलाइ उपचारको लागि भरतपुर पठाइएको र अटो तथा चालक मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*