हेटौंडा ११ नवलपुरमा मोटरसाइकल र कार दुर्घटना, चालक गम्भीर घाइते

हेटौडा टुडे
२८ जेष्ठ २०७८, शुक्रबार २२:५६

 हेटौंडा । हेटौंडा ११ नवलपुरमा कार र मोटरसाइकल ठक्कर खाइ दिई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मनहरीबाट हेटौंडा आउदै गरेको बा १८ च ७३८७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४७ प ७०६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा १० का अन्दाजी ३० र ३५ बर्षीय शुभम् मोक्तान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते मोक्तानको अवस्था गम्भीर रहेको र हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*