हेटौँडा/ मकवानपुरमा सवारी दुर्घटना तीव्र रुपमा बढिरहेको छ । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु भईसकेको छ । कोरोना माहामारीको बन्द समयमा मात्र देशभर २ सय ५० जनाको दुर्घटनाका घटना घटेको छ ।
यसैगरी मकवानपुरमा मात्र सवारी दुर्घटनाका घटना बढ्दो अवस्थामा छ ।गत आर्थिक बर्ष २०७७/७८ मा मकवानपुरमा २५० जनामध्ये ६० जनाले ज्यान गुमाएका छन भने १ सय ७३ जना गम्भिर घाईते भएका छन ।
सवारी दुर्घटनाका घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे मोटरसाईकल रहेका छन । गत आर्थिक बर्षमा ३ सय ४१ वटा दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन । भने दुर्घटनामा परी ३ सय ५२ जना सामान्य घाईते भएका छन ।


सेयर गर्नुहोस्