गुल्मीमा जीप दुर्घटना तीन जनाको मृत्यु

हेटौंडा टुडे
२०७८ श्रावण १३, बुधबार १३:०७ गते

गुल्मी/गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधवार आज बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अको दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा परि चालक सहित सात जना घाइते भएको र उनीहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत् गुल्मी अस्पताल तम्घास ल्याइँदै छ।दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताए।

दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटना भएको उक्त जीप सडकबाट करिब तीन सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको दृश्यमा रुखमा लछारिएर जीप तलतिर पुगेको देखिन्छ भने एक जना रुखमा नै अड्किएको देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*