महिनादिन बितिसक्दा पनि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सकेन् ,सिडियोले मागे स्पष्टिकरण

मानवी बानियाँ
२३ श्रावण २०७८, शनिबार १५:४१

हेटौंडा/हेटौंडामा एक महिना अघि ल्याएको अक्सिजन प्लान्ट अझै जडान हुन सकेको छैन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्पष्टीकरण मागिएको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाई भएको विषयमा स्पष्टीकरण मागेको हो । अबको सात दिनभित्रमा अस्पतालमा उद्योग संघले सहयोग गरेको अक्सिजन प्लान्ट गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी गराए । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावानी दिईराख्दा अस्पतालले अक्सिजन प्लान्ट ढिलाई गर्नु मुखर्ता भएको उनले बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार, अक्सिजन प्लान्टको विषयमा नियमित अनुगमन गरिरहेको प्रतिक्रीया दिए । बैठकमा स्पष्टीकरण समेत मागेको बताँउदै अब छिट्टै सञ्चालनमा ल्याउन दबाब दिएको खुलालले बताए ।

सरकारले कोभिड —१९ को तेस्रो लहरको चेतावनी केहि समय अघिदेखि नै दिँदै आईरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सवाधनी तथा भविष्यमा आउने खतराको लागि सजकता रहन र पुर्वधारहरु तयार पार्न पत्र समेत पठाईसकेको छ । यता, हेटौंडा अस्पतालले भने यस विषयमा खास्सै चासो देखाएको देखिन्न । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुन सकेको छैन् । जेठमा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेष्ठ १६ गतेसम्म ठेकदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने सम्बन्धी हस्ताक्षर भएको थियो । त्यो संगै उद्योग संघले अक्सिजन प्लान्ट ल्याउने काम जारी राखेको थियो, केहि समस्याका कारण समयमै प्लान्ट निर्माण गर्न सकेन् । त्यस पश्चात असार १६ गते हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट ल्याईएको संघका अध्यक्ष लेखराज पोख्रेलले जानकारी गराए । तर हालसम्म पनि हेटौंडा अस्पतालले जडानको लागि कुनै तदरुकता देखाएको छैन् ।

दैनिक १ सय २० वटा अक्सिजन सिलिण्डर आवश्यक

कोरोनाको दोस्रो लहरको सुरुवातीमा अस्पतालमा भिडमभिड बढ्यो । दैनिक २ सय ५० सम्म अक्सिजन सिलिण्डरको आवश्यक परेको थियो । त्यो समयको तुलनामा अहिले हेटौंडा अस्पतालमा हाल दैनिक १ सय २० वटा अक्सिजन सिलिण्डर आवश्यक रहेको मेसु रामचन्द्र सापकोटाले जानकारी गराए । जसमा हेटौंडा उपमहानगरपालिका तथा घर जग्गा व्यवसायी संघ मकवानपुरले जडान गरेको प्लान्टमा जम्मा २० वटा अक्सिजन सिलिण्डर बराबर उत्पादन हुन्छ । अन्य अपुग अक्सिजन भने बाहिरबाट ल्याउनु परेको सापकोटाले जानकारी गराए । उद्योग संघले जडान गरेको प्लान्टमा करिब १ सय १५ देखि १ सय २० सम्म उत्पादन गर्नेछन् । तर, हालसम्म पनि त्यस तर्फ अस्पतालका निकायहरु चुपचाप छन् बरु किन्न तयार छन् तर, जडान गर्न भने चासो देखाएको पाईदैन् ।

जडान अब १५—२० दिनमा हुन्छ:अस्पताल

अस्पतालका मेसु सापकोटाका अनुसार, अबको १५ देखि २० दिनसम्म प्लान्ट जडान भईसक्ने जानकारी गराए । प्लान्ट निर्माणको लागि ट्रष्ट भवनको निर्माण भईरहेको हुँदा केहि समय ढिला हुन गएको उनले स्विाकारे । अब छिट्टै नै सञ्चालनमा ल्याउने तयारी अस्पतालले गरिरहेको उनले जानकारी गराए । उद्योघ संघले प्लान्ट निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ खर्च गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*