चुरियामाईमा बस दुर्घटना हुदाँ चालकको मृत्यु, १८ जना घाइते

हेटौंडा टुडे
३ भाद्र २०७८, बिहीबार १४:१६

हेटौँडा/ मकवानपुर र बाराको सिमना चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक हेटौंडा-८ कमानेका ४९ बर्षीय धर्मराज रेग्मी रहेका छन् । उनको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएको र उनीहरुको हेटौंडाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक दिनेशराज खरेलले बताए ।

काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना६ख ४६४१ नम्बरको ओम शक्ति यातायातको बस ब्रेक फेल भई सोही दिशामा गइरहेको बागमती प्रदेश ०३-००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई पल्टिएको थियो । दुर्घटनामा मोटरसाइक चालक हेटौंडा चौकीटोलका ३५ बर्षीय इन्द्रबहादुर कार्की घाइते भएको र हेटौंडा सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*