
हेटौँडा/ नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका वडा नंबर ६ को अध्यक्षमा गोपाल शर्मा चयन भएका छन् । वडा भेलाले शर्माको अध्यक्षता २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बागमती प्रदेश सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा वडा भेला सम्पन भएको थियो । भेलामा जिल्ला सचिवालय सदस्य बद्री स्याङ्तान जिल्ला सदस्यहरु रन्जित कुमार राना,अप्सरा लोप्चन,प्रिति लाल लामा,मदन बर्तौला,भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष दिपक गोले गाउँपालिका सदस्यहरु सुमित्रा लामा,कृष्ण वाइबा, ४ नंबर वडा कमिटी अध्यक्ष नमराज लामा लगाएतको उपस्थिति रहेको थियो ।
भेला मा विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । यसैगरि कार्यक्रममा दिपक आले मगर को अध्यक्षतामा २५ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) वडा कमिटी गठन गरिएको थियो ।

