मकवानपुरगढीका किसानलाई अनुदानै अनुदान

हेटौंडा टुडे
२७ भाद्र २०७८, आईतवार १२:३२

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकाले किसानलाई धेरैजसो उत्पादनमा अनुदान रकम वितरण गर्दै आएको छ । केहीमा भने वितरणको तयारी भइहेको छ । मकवानपुरगढीका किसानलाई दुध, तरकारी, फलफूल र मासुमा किसान र सहकारीलाई अनुदान रकम दिन सुरु गरेको छ ।

केही अनुदानका कार्यक्रम विगतका वर्षदेखिनै सञ्चालन गरिएपनि केही अनुदानका कार्यक्रम चालु आर्थिक वार्षदेखि सञ्चालनमा आउने छ । सहकारीमा तरकारी तथा फलफूल बिक्री गर्ने किसानलाई प्रती केजी एक रुपैयाँ र खरिद गर्ने सहकारीलाई पनि प्रतिकेजी एक रुपैयाँ अनुदान वितरणको काम तीन स्थानबाट सुरु भइसकेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो ।

अनाजमा किसानलाई प्रतिकेजी २ रुपैयाँ र सहकारीलाई प्रतिकेजी २ रुपैयाँका दरले अनुदान रकम वितरण गरिने उहाँले वताउनुभयो । किसानमा जोडिने विचौलीयालाई निरुत्साहीत गर्नका लागि किसान र सहकारीलाई अनुदानका कार्यक्रम ल्याइएको उहाँले वताउनुभयो । यसैगरी विगतका वर्षदेखिनै प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदान रकम वितरण गरिदै आएको छ ।

यसैगरी मासुमा पनि प्रतिकेजी अनदान दिने तयारी गाउँपालिकाले गरेको छ । यसको कार्यविधि बनाएर तत्काल लागू गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा तरकारीमा अनुदानका लागि १० लाख रुपैयाँ, दुधमा अनुदानका लागि ४५ लाख रुपैयाँ, मासुमा अनुदानका लागि १० लाख रुपैयाँ बजेटमै छुट्याएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*