अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

हेटौंडा टुडे
२०७८ आश्विन ५, मंगलवार ११:४२ गते

हेटौँडा/ अविरल वर्षाका कारण पहिरो जाँदा सोमबार साँझदेखि अवरुद्ध बनेको मकवानपुर हुदै ललितपुरको चापागाउँ पुग्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ।

बर्षा कारण कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर-८ महादेवटारमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको थियो। सडकमाथिबाट खसेको लेदो माटो ढुङ्गा सहितको पहिरो हटाएपछि मंगलबार बिहान ७:३० बजेबाट लोकपथ सञ्चालनमा आएको  मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*