आज मकवानपुरका दशवटै स्थानीय तहमा कांग्रेसको अधिवेशन

हेटौंडा टुडे
९ आश्विन २०७८, शनिबार १०:०८

हेटौंडा /आज मकवानपुर जिल्लाका दश वटै स्थानीय तहमा नेपाली काग्रेशको अधिवेशन हुँदै छ । यसअघि जिल्लाका एक सय २ वटै वडाको अधिवेसन सकेको काग्रेशले आज भने दश वटै पालिकाको अधिवेनमा अगाडी सारिएको हो । दश वटै स्थानीय तहमा काग्रेश संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षका नेता कार्यकर्ताहरु बिभाजित भएका देखिन्छ । त्यसैले पनि चुनाबनै हुने निस्चित भएको छ ।
आज हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सब इटेनीको प्यानलनै घोषणा र महेन्द्र राउतको नेतृत्वमा अर्को प्यानल गरि दुइ प्यानलका बिचमा चुनाब हुने भएको हो ।

इटेनी तर्फका नगर उपसभापतिमा रामकृष्ण कोइराला, अर्का उपसभापतिमा डोल्मा स्याङबो, सचिबमा सविन न्यौपाने, अर्का सचिबमा हर्करत्न लामा, सहसचिबमा निगम श्रेष्ठ, अर्का सहसचिबमा विकास बाँनियाँ लगायतकाले उमेद्वारी दिने घोषणा गर्नु भएको छ । नगर सभापतिका उम्मेदवार राउतले पनि आफ्नो टिम बनाउन र प्रचार प्रसारलाई तिब्रता दिइरहेका छन् ।

यता, मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा नगर सभापतिमा कसैको नजिकको नभई योग्य र लोकप्रिय उम्मेदवार आउनुपर्ने धारणा कार्यकर्ता माझ राख्दै आएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*