माओबादी केन्द्रका नेता चौलागाईं नेकपा समाजबादीमा…

टुडे संवादाता
२०७८ आश्विन ९, शनिबार १९:०७ गते

हेटौँडा/नेकपा माओबादी केन्द्रका नेता बालकृष्ण चौलागाईं नेपाल कम्युनिष्ट पार्टी समाजबादी मकवानपुर केन्द्रिय कार्यालय सदस्यमा मनोनीत हुनुभएको छ । शनिबार (आज) हेटौँडामा भएको जिल्ला कमिटी घोषणा कार्यक्रममा केदारनाथ दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो ।

लामो समय कम्युनिष्ट राजनिती गरेका चौलागाईले यस अघि माओबादी पार्टीमा बसेर देश हाक्न नसकेको भन्दै उनले खाली पेटले समाजबाद नआउने बताउनुभएको छ । समाजबादी पार्टीले एक संगठन एक आर्थिक उत्पादन निति लिएर अगाडी बढेको छ अब यसलाई सफल बनाउन युवाहरुको अग्रपक्तीमा आफुलागेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी समाजबादीका केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा समाजबादिका प्रवक्ता मानबहादुर तामाङ,बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना,दुई नम्बर प्रदेश इन्चार्ज बद्री यादव,श्याम प्रसाद दहाल, माधव दाहाल तथा युवा नेता राजेन्द्र पुडासैनी लगाएतको उपस्थिति रहेको थियो । जिल्ला कमिटीको जिम्मेवारी आगामी बैठकबाट टुङ्गो लागाउने जिल्ला इन्चार्ज दुलालले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*