चाडपर्व नजिकिए सगैँ हेटौँडामा चहलपहल बढ्यो

हेटौंडा टुडे
२० आश्विन २०७८, बुधबार १६:५०

हेटौँडा/ आजबाट सोह्र श्राद्व सकिए सगैँ विजया दशमी सुरु भएको छ । चाडपर्व नजिकिए सगैँ हेटौडा बजारमा पनि चहलपहल बढ्न थालेको छ । हेटौडाका मुख्य रोडहरुमा यतिबेला भिडभाड बढेको छ । यस्तै, राप्ती रोड, बुद्धचोक, स्कुल रोड, बसपार्क, कान्तिराजपथ जस्ता स्थानमा भिडभाड बढ्न थालेको हो ।

घटस्थापनाको अघिल्लो दिनबाटै हेटौडा बजारमा भिडभाड बढ्न थालेको हो । मकवानपुरका ग्रामीण भेगका स्थानीयहरु बजार झर्न थालेसँगै भिडभाड बढेको हो । चाडपर्वलाई लक्षित गर्दै कपडा तथा दशैका लागी खाद्य समाग्री किन्नको लागी बजारमा आउनेहरुको संख्या दोब्बर रुपमा बढेको हो ।

दशै नजिकिए संँगै बजार भाउ पनि सस्तिएकोले उपभोक्ताहरुको चाप बढेको हो । सस्तो मुल्यमा पाइने सामानहरु खरीद गर्र्नेको बजारमा लाईन रहेको छ । दशै आएसँगै सामान किन्ने, कपडाहरु, दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न यतिबेला मानिसहरु बजार झरेका छन । जसले गर्दा बजारमा सवारी साधनको संख्या मात्र नभएर मानिसको चाप पनि धेरै छ ।

गत बर्ष कोरोनाका कारण दसै मनाउन नपाए पनि यस बर्ष दसै मनाउन पाईने भन्दै किनमेलमा लागि बजारमा चाप बढेको हो । जसले गर्दा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ ।

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*