
हेटौँडा/ जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरीको हाँडिखोलस्थित सिद्धकालीमा जारी फुटबल प्रतियोगिताको उपाधि लामाबस्ती युवा क्लबले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा युवा जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लामाबस्ती युवा क्लबले उपाधि हात पारेको हो ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच युवा जागृतीको जर्सी नं. ८ का उत्तम श्रेष्ठ घोषित भएका थिए । प्रतियोगिताको विजेता लामाबस्ती युवा क्लबले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको उपविजेता युवा जागृती क्लबले नगद २५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सर्वाधिक गोल गर्न सफल लामाबस्ती क्लबको जर्सी नं. १८ मिलन स्याङ्तान, सर्वोत्कृष्ट खेलाडीमा लामाबस्ती क्लबको जर्सी नं. ९ का समिर अर्याल र उत्कृष्ट गोल रक्षक युवा जागृतको जर्सी न। १६ बिक्रम मोक्तान घोषित भए ।

