मैत्रीपूर्ण खेलमा हेटौंडाको महिला टिम पराजित

हेटौडा टुडे
२५ आश्विन २०७८, सोमबार १३:५४

हेटौँडा/ पर्सा जिल्लाको ठोरी गाउँपालिकामा जारी समाजसेवी स्व. रामबहादुर श्रेष्ठ गोल्डकपमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको महिला टिम र चितवनको कालिका नगरपालिकाको टिमबीच मैत्रीपूर्ण खेल भएको छ । आइतबार भएको खेलमा हेटौंडा फुटबल एकेडेमीको टिम ४–१ गोलअन्तरले पराजित भएको छ । आयोजकले महिला फुटबललाई प्रोत्साहित गर्न मकवानपुर र चितवन जिल्लाको टिमबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको हो । केही समयअघि हेटौंडा फुटबल एकेडेमीको महिला टिमले बारा जिल्लाको सिद्धबाबा युवा क्लबसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । आइतबारको मैत्रीपूर्ण खेल खेल्ने महिला टिमलाई हेटौंडा–१०, कर्राका टार्जन कुँवरले जर्सी सहयोग गर्नुभएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा आइतबार बिहान २० हजार रुपैैयाँ बराबरको जर्सी सहयोग गरी महिला टिमलाई विदाई गरिएको थियो । हेटौंडा फुटबल एकेडेमीले हेटौंडाको हुप्रचौरमा पुरुष तथा महिला टिमलाई नियमित प्रशिक्षण प्रदान गर्दै आएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*