गौरीटार मन्दिरलाई वडा अध्यक्ष र सदस्यबाट रेफ्रिजेरेटर सहयोग

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार १३:२५

हेटौँडा/ हेटौंडा–६ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर गौरीटारलाई वडा अध्यक्ष र सदस्यले रेफ्रिजेरेटर सहयोग गरेका छन् ।

वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले आफ्नो व्यक्तिगत लगानीमा मन्दिरलाई रेफ्रिजेरेटर सहयोग गरेका हुन् । सहयोग सामग्री वडा अध्यक्ष चौलागाईले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव खतिवडालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदारप्रसाद चौलागाई, महिला समितिका प्रतिनिधि र भक्तजनको सहभागिता रहेको थियो । वडा अध्यक्ष चौलागाई र वडा सदस्य बास्तोलाले यसअघि पनि मन्दिरलाई वासिङ मेसिन सहयोग गरेका थिए ।

आफुले जनप्रतिनिधि भएबापत प्राप्त गर्ने सुविधालाई सामाजिक हितको क्षेत्रमा खर्चिने क्रममा मन्दिरमा सहयोग गरेको उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*