सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँ बढ्याे

हेटौंडा टुडे
१५ कार्तिक २०७८, सोमबार १२:४०

हेटौँडा/ आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० रुपैँयामा कारोबार भईरहेको छ । गत आइतबार सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा आइतबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २४० मा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*