कांग्रेसको भीमफेदी र मकवानपुरगढीमा चियापान कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १७:०६

हेटौँडा/ नेपाली कांग्रेस भीमफेदी गाउँपालिकनको आयोजनामा भीमफेदीमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ ।

कांग्रेस भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठको सभाध्यक्षता, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता, बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गापा सहसचिव मञ्जु भ्लोन, महिला संघ संयोजक राधिका बास्तोला, भीमफेदी तरुण अध्यक्ष मित्रबन्धु सिंजाली, ४ नम्बर वडा सभापति ओमबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, मकवानपुरगढी-८ बुढीचौरमा पनि शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सभापति बेदनाथ न्यौपानेको सभाध्यक्षता एवं बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा माओवादी र एमाले परित्याग गरि १३० जना कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेताहरू प्रदिप कोइराला, भीम लामा, यतिराज सापकोटा, लोक मुक्तान, दोर्जेलामा स्याङतान, राजविर मुक्तान, राजु खतिवडा, सचित थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*