बागमती प्रदेशसभाको बैठक भोली दिउसो ३ बजे बस्दै

हेटौंडा टुडे
२१ कार्तिक २०७८, आईतवार ०९:५३

हेटौँडा/ बागमती प्रदेशसभाको बैठक भोली बस्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोली दिउसो ३ बजेका लागि बोलाईएको सभामुख सानु कुमार श्रेष्ठले बताए ।

भोली दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा भ्याए सम्म भोली नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सी विस्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिए। यता मुख्यमन्त्रीका निजि सचिब अच्युत लामिछानेले भने भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको बताए । विस्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी गर्नु भएको हो ।

कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका नेकपा ९एकीकृत० समावजादी संसदीय दलका नेता पाण्डेले तिहारलगत्तै प्रदेशसभामा विश्वासको मत लिने तयारी अगाडि बढाएका छन । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १०९ मत रहेको छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा रहेका दलहरुसँग ५९ मत रहेको छ ।

मुख्यमन्त्रीका रुपमा सपथ लिएको एक महिना भित्रमा विस्वासको मत लिने समय भएपनि उनले कार्तिक २२ गतेका लागि विस्वासको मत लिन लागेका हुन । बिस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिर्ए । तिहार सकिएपछी सदनबाट विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउते तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन ।

माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसकेका छन। उनले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका छन। माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।

तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।

गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, नेकपा ९एस० १३ र जनता समाजवादीसँग १ मत रहेको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले पनि जनाएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापनमा प्रदेशसभा लागेको बताए । प्रदेशसभाको वैठक भने आव्हान भइसकेको छैन ।

सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ । पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।

भाडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याउने र चारजना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*