
हेटौँडा/ आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
‘प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाले आज जारी गरेको सूचनामा भनिएको छ ।


सेयर गर्नुहोस्