२४ घण्टामा १२ हजार ६५३ परीक्षण, निको हुने भन्दा संक्रमित बढी

हेटौडा टुडे
२५ कार्तिक २०७८, बिहीबार १६:५६

हेटौँडा/ पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३०१ र एन्टिजेन परीक्षणबाट १६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९ हजार ६०९ नमुनाको पीसीआर परीक्षण र ३ हजार ४४ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ६५३ गरिएको छ । २७९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ५३५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ९९५ पुगेको छ । हालसम्म ७ लाख ९७ हजार ५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४६६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*