मकवानपुरमा दुर्घटना न्यूनिकरणको उपाय: सुमोलाई टाइम कार्ड पुनः लागू गरिने

हेटौंडा टुडे
२६ कार्तिक २०७८, शुक्रबार १३:४८

हेटौँडा/ हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्गमा दुर्घटना बढ्न थालेपछी टाइमकार्ड लागू गरिने भएको छ । यसअघि ट्राफिक प्रहरीले लागू गरेको टाइमकार्ड हटाइएपछी भैसे–भीमफेदी– कुलेखानी–सिस्नेरी–काठमाण्डौं सडक खण्डमा फेरी टाइमकार्ड लागूगर्न लागिएको हो । अबको एक हप्ता भित्रमा टाइमकार्ड लागूगरिसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमाललले वताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस सडक खण्डमा दुर्घटना बढेकाले टाइमकार्ड लागू गर्नका लागि निर्देशन दिएको थियो । यस खण्ड भई सञ्चालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गर्ने सम्बन्धमा यातायात व्यवस्था कार्यालय, हेटौडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले आवश्यक समन्वय गरी समय निर्धारण गर्ने, टाईम कार्ड सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले व्यवस्था गर्ने र तत्काल लागू गर्ने निर्णय गरिएको छ ।

साघुरो सडक भएको र जोखिम भएकाले यसअघि पनि टाइमकार्ड लागू गरिएको थियो । फेरी पछी टाइमकार्ड हटाइएपछी टाटासुमोहरुले तिब्रगतिमा सवारीका साधन चलाउने र दुर्घटना बढ्न थालेपछी फेरस् टाइमकार्ड लागू गर्न लागिएको हो ।

मकवानपुर जिल्लामा केही दिनयता बढ्दो सवारी दुर्घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाको सहभागितामा बसेको बैठकले सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको भनी प्रहरीले कडाईका साथ सुरक्षाजाँच गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले दुर्घटनाको जोखिम भएको क्षेत्रमा सडकबत्ति, ट्राफिक संकेतलगायतका पूर्वाधार जडान गर्ने, लामो दूरीका यातायातका साधनमा दुईजना चालक राख्ने व्यवस्था मिलाउन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गमा टाइमकार्डको व्यवस्था गरिनेछ भएको छ ।

यस्तै हेटौडा बजार क्षेत्रमा ई–रिक्सा र अटो मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र व्यवस्थितरूपमा सञ्चालन गर्ने सम्बन्धमा वस्तुस्थित एवम् सम्भाव्यता अध्ययनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा उप–समिति गठन गरिएको छ । सो समितिले आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयावधि दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*