मामाघर नेपाल ११ औं वर्षमा प्रवेश

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार ०९:४८

हेटौँडा/ सडक बालबालिकाको हकहितका लागि क्रियाशील मामाघर नेपाल मकवानपुर ११ औं वर्षमा प्रवेश गरेको छ । २०६८ साल कार्तिक २७ गतेबाट सडक बालबालिकाको सहयात्री बनेको मामाघर नेपाल ११ औं वर्षमा प्रवेश गरेको हो ।

विभिन्न कारण सडकमा पुगेका बालबालिकाको आपतकालीन राहत, औषधोपचार, उद्दार, परामर्श, वैैकल्पिक पारिवारिक सुविधा, औपचारिक शिक्षा, जीवनोपयोगी सीप र पारिवारिक पुनस्र्थापना कार्यमा मामाघर नेपाल अघि बढिरहेको छ । १० वर्ष पूरा भई ११ औं वर्षमा प्रवेश गरिरहँदा संस्थाले १ सय ९८ जना सडक बालक ९भान्जा०हरुको उद्दार गरेको मामाघर नेपालका संस्थापक एवम् संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभयो । हालसम्म मामाघर नेपालले उद्दार गरेको १ सय ३९ जनालाई पारिवारिक पुनर्मिलन गराइएको उहाँले बताउनुभयो ।

अहिले मामाघर नेपालमा २३ जना भान्जाहरु छन् । आश्रयका लागि आएका करिब ८ जना बालकहरु भने लागूपदार्थ दुव्र्यसनका कारण फेरि सडकमै रमाउन पुगेको पराजुलीले बताउनुभयो । मकवानपुरका मात्र ३ जना बालकहरु लागूपदार्थ दुव्र्यसनीका कारण हेटौंडाकै सडकपेटीमा रात बिताइरहेको उहाँले जानकारी दिनुभयो । लागूपदाथैको दुव्र्यसनीमा फसेकाहरुलाई मामाघरले आश्रय दिन कठिन हुने गरेको पराजुलीले बताउनुभयो ।

हेटौंडा ११ का स्थानीय बासिन्दा तथा समाजसेवी सिद्धिलाल श्रेष्ठले मामाघर नेपालको भवन निर्माणका लागि २ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराउनुभएको थियो । एक व्यक्ति एक इट्टा अभियानका साथै संस्थागत सहयोग जुटाएर मामाघरको आफ्नै बालमैत्री भवन बनाइएको छ ।

मकवानपुरमा सडकमा बालबालिका आउन कम भए पनि भारतीय नागरिकका बालबालिका सडकममा आउने क्रम बढेको छ । सडकबाट उद्दार गरिएका बालकहरु राष्ट्रिय खेलाडीसमेत बनिसकेका छन् । ११ वर्षअघि सडक बालबालिकाको समस्या हेटौंडामा भयाबह थियो । करिब २ सय जना सडक बालबालिकाको उद्दार गरिरहँदा जम्मा १ जनामात्र बालिका सडकमा फेला परेको मामाघरका संस्थापक पराजुलीले बताउनुभयो ।

गरिबी, अभिभावकविहीन र बहुविवाहका कारण सडकमा बालबालिका आउने गरेको पराजुलीले बताउनुभयो । बालबालिका सडकमै माग्थे, खान्थे, खेल्थे र सुत्थे । सडक नै उनीहरुको घर र आकाश नै छानो थियो । कहिले गर्मीको घामले छट्पटाउँथे । कहिले ठण्डीले कठांग्रिइरहेका हुन्थे । कहिले झरीमा भिजिरहेका हुन्थे ।

बालबालिका सडकमा आउनुको कारण पहिचान गर्न सडकमा तिनै बालबालिकासँग रहेर पराजुलीले अध्ययन अनुसन्धान गर्नुभएको थियो । पराजुली भन्नुहुन्छ(‘बालबालिका आफ्नो भोक मेटाउन अपराधसम्म गर्न पछि पर्दैनथे । उनीहरु समाजका लागि ठूलो चुनौती बन्ने गरेका थिए । उनीहरुप्रति मानिसहरुको हेर्ने दृष्टि पनि कठोर थियो ।’ पराजुलीले त्यतिबेलाको तथ्यहरु स्मरण गर्दै भन्नुभयो– ‘एक दिन साँझमा हेटौंडाको बसपार्क पुगेको अवस्थामा मेरो ध्यान सडक बालबालिकामा पर्‍यो । सडक बालबालिका कोही बटुवाहरुलाई मःम किनिदिन आग्रह गर्दै थिए । कोही चुरोट तान्दै थिए । कोही अपशब्द बोल्दै झगडा गर्दै थिए । कोही दूधका प्याकेटमा हालेर नशालु पदार्थहरु सुँघ्दै थिए । कोही बटुवा महिलाको पछि लाग्दै पैसा माग्दै थिए । कोही अरुले मःम खाएर फालेको टपराको अचार चाट्दै थिए । कोही फोहोर फाल्ने डस्टवीनबाट हड्डीका टुक्रा निकालेर मासु टोक्दै थिए ।’

यस्तो दृश्य देखेपछि सडकमा रहेका बालबालिकाको उद्दारमा जुटेको पराजुलीले बताउनुभयो । स्थानीय सरकारले सडक बालबालिकाको नाममा योजना बनाउनेदेखि बजेट निकासा गर्ने मात्र कार्य गरिएकाले उपलब्धी शून्यप्रायः भएको उहाँले बताउनुभयो । हाम्रो राज्य प्रणाली लोककल्याणकारी हुन नसकेको बताउनुहुँदै उहाँले भन्नुभयो(‘फरक सोचका व्यक्तिहरुको पहलमा जन्मिने मामाघरजस्ता संस्थाहरुले राज्यको दायित्वलाई बहन गर्न लागिपरेको अवस्था छ ।’ २०८२ सालभित्र सडक मानवमुक्त क्षेत्र घोषणाका निम्ति सरकार नै क्रियाशील रहेकाले सडकमा आउने बालबालिकाको संख्या भने न्यून रहेको छ ।समृद्व समाजबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*